“पांचौ पाख्रीबास कप फुटबल-२०८२” कार्तिक १८ देखि
धनकुटा । धनकुटाको पाख्रिबासमा “पांचौ पाख्रीबास कप फुटबल” कार्तिक १८ गतेबाट सुरु हुने भएको छ ।
पाख्रिबास युथ युनाइटेडको आयोजना,पाख्रीबास नगरपालिका प्रायोजक र पाख्रिबास स्पोर्टस् एकेडेमी सह प्रायोजक रहने प्रतियोगिता आगामी कार्तिक १८ देखि २२ गते सम्म संचालन हुने भएको हो ।
सबै खेलहरु श्री जालपादेबी माबि पाख्रिबासको खेल मैदानमा हुने आयोजकले जनाएको छ ।


