धनकुटाका छत्रमान कुथुमी सहित ४५ जना जेनजी सहिद घोषणा
धनकुटा । सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका धनकुटाका छत्रमान कुथुमी सहित ४५ जना जेनजी सहिद घोषणा गरेको छ ।
राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखेर जेनजीहरूले गत भदौ २३ र २४ गते प्रदर्शन गरेका थिए ।
प्रदर्शनका क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरूलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।
‘खासगरी गृह मन्त्रालय अन्तर्गत रहेको समिति र अन्य सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयबाट आएको अध्ययनबाट ४५ जना व्यक्तिलाई शहीद घोषणा गरिएको छ । अन्य थपको बारेमा अध्ययन हुँदैछ,’ उनले भने ।
सहिद घोषणा गरिएकाहरुको विवरण
१ बुद्धिबहादुर तामाङ किर्तिपुर–२ काठमाडौं
२ सन्तोष बिश्वकर्मा बेलका–४ उदयपुर
३ सुलभराज श्रेष्ठ नेपालगञ्ज–१ बाँके
४ श्रीयम चौलागाई बेलबारी–११ मोरङ
५ इस्वत बहादुर अधिकारी कामपा–११ काठमाडौं
६ आयुष थापा नेपालगन्ज–१ बाँके
७ गौरब जोशी धनगढी–५ कैलाली
८ योगबहादुर श्रेष्ठ बाह्रविसे–६ सिन्धुपाल्चोक
९ माधव सारू मगर भूमिकास्थान–४ अर्घाखाँची
१० बिमलबाबु भट्ट बारपाक सुलिकोट–५ गोरखा
११ असहाव आलम ठकुराई विरगंज–१२ पर्सा
१२ सौरन किशोर श्रेष्ठ बाग्लुङ–४ बाग्लुङ
१३ सुभाषकुमार बोहरा खप्तडछान्ना–७ बझाङ
१४ रसिक खतिवडा खत्री पनौति–१० काभ्रे
१५ बिनोद महर्जन ललितपुर–७ ललितपुर
१६ दिलनारायण तामाङ तिमाल–७ काभ्रे
१७ योगेन्द्र न्यौपाने गोलान्जोर–१ सिन्धुली
१८ अभिषेक श्रेष्ठ इनरुवा नपा–६ सुनसरी
१९ मोहन सरदार इटहरी–१४ सुनसरी
२० छत्रमान कुथुमी पाख्रिबास-१० धनकुटा
२१ ओझन बुढा स्वामिकार्तिक खापर–२ बाजुरा
२२ साजन राई धरान–२२ सुनसरी
२३ अनिश पराजुली पालुङटार–३ गोरखा
२४ सारकुमार राई चौदण्डीगढी–३ उदयपुर
२५ अर्जुन भट्ट गण्डकी–४ गोर्खा
२६ धिरज श्रेष्ठ तादी–३ नुवाकोट
२७ देवकुमार सुवेदी लालबन्दी–५ सर्लाही
२८ उमेश महत चौतारा साँगाचोक–८ सिन्धुपाल्चोक
२९ प्रविण कुलुङ सिलिचुङ–३ संखुवासभा
३० निखिता गौतम कालिका–८ चितवन
३१ अभिषेक चौलागाई शैलुङ–४ दोलखा
३२ बिजय चौधरी लहान–१५ सिरहा
३३ भिमराज धामी दुर्गाथली–१ बझाङ
३४ निरज पन्त दशरथ–६ बैतडी
३५ दीपकसिंह साउद शिवनाथ–२ बैतडी
३६ शुभराज बलामी श्रेष्ठ ककनी–१ नुवाकोट
३७ ज्ञानिन्द्र सेढाई अर्जुनधारा–११ झापा
३८ दिनेश राजवंशी अर्जुनधारा–८ झापा
३९ कमल भण्डारी हिलिहाङ–२ पाँचथर
४० दिपेश सुनुवार तिनपाटन–६ सिन्धुली
४१ महेश बुढाथोकी विगु–३ दोलखा
४२ लच्छुमान राई पञ्चकन्या–२ नुवाकोट
४३ मिलन राय दुधौली–८ सिन्धुली
४४ अमृत गुरुङ रुपा–५ कास्की
४५ उत्तम थापा लेकाम–३ दार्चुला


