धनकुटामा आन्तरिक राजश्व कार्यालय नहटाउन नेपाल सरकार समक्ष माग
धनकुटा,२० कार्तिक । धनकुटामा रहेको करदाता सेवा कार्यालय नहटाउन र त्यसलाई स्तरोन्नति गरी पूर्वी पहाडी जिल्लाहरुकै लागी आन्तरीक राजश्वय कार्यालय बनाई धनकुटामानै राख्न आज धनकुटाका उद्योगी व्यावसायी तथा व्यापारीहरुले माग गदै प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकार समक्ष ज्ञापन पत्र पठाएका छन ।
धनकुटा उद्योग बाणिज्य संघले धनकुटामा रहेको करदाता सेवा कार्यालय सरकारले हालै हटाउने निर्णय गरेकोले यस क्षेत्रका करदाताहरुलाई ठूलो समस्या उत्पन्न हुने भएकाले करदाता सेवा कार्यालयको ठाउमा पूर्वी पहाडी जिल्लाहरुको लागी काम गर्ने गरी आन्तरीक राजश्व कार्यालय धनकुटा स्थापना गर्नका लागी प्रधान मन्त्री,अर्थ मन्त्री र आन्तरीक राजश्व विभागमाका महानिर्देक समक्ष धनकुटाका प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्का मार्फत आज ज्ञापन पत्र पठाएको छ ।
धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुग,उपाध्यक्ष खगेन्द्र विष्ट,महासचिव राम वहादुर रायमाझी,कोषाध्यक्ष रुपेश श्रेष्ठ,कार्यकारी सदस्यहरु अम्विका धमला,नविन श्रेष्ठ,शोभा श्रेष्ठ,उज्वल कर्माचार्य लगायतका व्यावसायीहरु तथा करदाताहरुले धनकुटा प्रमुख जिल्ला अधिकारी बिनोद खड्कालाई प्रधानमन्त्री,अर्थ मन्त्री र महानिर्देशक समक्ष पठाई दिन आग्रह गर्दै ज्ञापन पत्र बुझाउनु भएको हो । धनकुटा उद्योग बाणिज्य संघको टोलीले उक्त ज्ञापन पत्र करदाता सेवा कार्यालय धनकुटाका प्रमुख बुधराज लिम्बुलाई पनी बुझाएको छ ।
सो अवसरमा भीमदल गण सल्लेरी व्यारेकका कर्णेल गणेश थापा,जिल्ला प्रहरी कार्यालय धनकुटाका डि एस पी राजन कार्की ,जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकिय अधिकृतहरु पुष्पराज धमला,रामजी पौडेल,नेपाल पत्रकार महासं धनकुटाका अध्यक्ष विदुर खवास लगायत संचारकर्मीहरु र व्यावसायीहरुको उपस्थिति रहेको थियो ।
धनकुटामा धेरै बर्ष अघि देखी करदाता सेवा कार्यालय स्थापना भई यस क्षेत्रका व्यावसायी तथा व्यापारी,उद्योगीहरु र करदाताहरुलाई प्रत्यक्ष कर प्रशासन सम्वन्धि सेवा दिदै आएकोले करदाताहरुलाई धेरै सहजता भएको थियो ।


