धनकुटा एमालेका युवा नेता कटेल भन्छन्, ‘भोट बटुल्न मात्र हैन आम जनताको हितका लागि राजनीति गरौं’

धनकुटा । नेकपा एमाले धनकुटा जिल्ला कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख रविन कटेलले भोट बटुल्नका लागि मात्र नभएर आम जनताको हितका लागि राजनीति गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर बजारमा नेकपा एमाले महालक्ष्मी-७ को वडा भेलालाई सम्बोधन गर्दै युवा नेता कटेलले यस्तो बताएका हुन् ।

वडाभेलाका प्रमुख अतिथिसमेत रहेका नेता कटेलले निश्चित स्वार्थपूर्तिका लागि भोट बटुल्न मात्र राजनीति गर्ने परिपाटी बढ्दै जानु गलत भएको टिप्पणी गरे । अहिले जसरी भएपनि भोट पाउनु पर्यो, चुनाव जित्नुपरो भन्ने अभ्यास विकास हुँदै गएको भन्दै उनले राजनीति गर्नेहरूले अब राम्रो काम गरेर आम जनताको मन जित्नुपर्ने धारणा राख्नुभयो । आफ्नोले गरेको सबै राम्रो र अर्कोले गरेको सबै खराब नहुने तर्क गर्दै नेता कटेलले सत्य र यथार्थताका आधारमा समर्थन र आलोचना गर्ने परिपाटी विकास हुनुपर्ने खाँचो औँल्याए ।

‘आफ्नो पार्टीको मान्छे अपराध गरेर पक्राउ पर्यो भने छुटाउन नेताहरू लागिपर्ने चलन छ, अपराध गरेको हो कि हैन भन्ने विचार गर्नुपरो, गल्ति नै छ भने छुटाउने हैन दण्डित हुन दिनुपर्छ, हामी पीडकको पक्षमा उभिने हैन पीडितलाई न्याय दिलाउन लाग्नुपर्छ,’ कटेल भन्छन्, ‘एक जना पीडकलाई जोगाएर उसको परिवारको भोट बटुल्नुको अर्थ छैन, जुनसुकै पार्टीको होस् पीडितलाई न्याय दिलाएर हजारौंको मन जित्ने काम गर्नुपर्छ ।’

पार्टीलाई सही ढंगले अघि बढाउन आलोचनात्मक चेत भएको कार्यकर्ता आवश्यक पर्ने भन्दै उनले पार्टीभित्रै पनि गलतलाई खबरदारी गर्नुपर्ने धारणा राखे । आम नागरिक, समाज र राष्ट्रको हितमा राजनीति गर्नुपर्नेमा जोड दिँदै उनले नेताहरू सँधै सुशासन, न्याय र समानताको पक्षमा उभिनुपर्ने विचार व्यक्त गरे । अब, आरोप प्रत्यारोपको राजनीति छोडेर राजनीतिक दल र नेताहरूले विकासमा प्रतिष्पर्धा गर्नुपर्ने तर्क राखे । समाज र आम जनताको चाहना अनुसार अघि नबढ्ने दलहरूलाई जनताले चुनावमा परास्त गर्ने तर्क गर्दै उनले अब दलहरूले भ्रष्टाचार गर्न र कमिसनको सेटिङ मिलाउन बानी नपरेका सक्षम र योग्य युवाहरूलाई अघि बढाउनुपर्नेमा जोड दिए ।

लोकतन्त्र जोगाउँन एकजुट हुनुपर्छ 

नेता कटेलले अहिले मुलुकमा अराजकता मौलाउँदै गएकाले यसलाई रोक्न सबै एकजुट हुनुपर्ने धारणा राखे । वास्तविक जेनजीले उठाएका माग जायज भएपनि जेनजी आन्दोलनका नाममा आफ्नो दुनो सोज्याउन चाहनेहरूले तोडफोड, आगजनी, लुटपाट जस्ता हिंसात्मक गतिविधि गरेर मुलुकलाई पछि धकेल्ने काम गरेको भन्दै उनले त्यस्तालाई कारवाहीको दायरमा ल्याउन माग गरे । अहिले संविधानले नचिन्ने सरकार बनेको तर्क गर्दै उनले मुलुकलाई संविधानसम्वत अघि बढाउँन, संसद पुर्नस्थापना गर्न र लोकतन्त्रको रक्षार्थ एमालेले थालेको अभियानमा साथ दिन सबैलाई आब्हान पनि गरे ।

गलत गरेको भए चुनावबाट परास्त गर्ने विधिवत कानूनी वाटो हुदाहुदै अराजकताको आडमा सत्तारोहण गर्नु गलत भएको उनको भनाई छ । हिंसात्मक गतिविधिका आडमा नेतृत्वमा आउने संस्कार विकास भएमा भोलि मुलुकमा अराजकता मौलाउने भन्दै उनले चुनावमा जनताको मन र मत जितेर आउन चुनौति पनि दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖