पाख्रिबासमा यलम्बरको सालिक तोडफोड(फोटो फिचर)

धनकुटा,२७ कार्तिक । धनकुटाको पाख्रिबास नगरपालिका ४ स्थित सिमसार क्षेत्रमा रहेको यलम्बरको सालिक तोडफोड गरिएको छ ।

पाख्रिबास सिमसार क्षेत्रको मुख्य प्रबेशद्वार नजिकै रहेको उक्त सालिक अज्ञात ब्यक्तिहरुले तोडफोड गरेको किरात भाषा तथा उत्थान संरक्षण समिति पाख्रिबासका उपाध्यक्ष एवं पाख्रिबास सिमसार संरक्षण समितिका सदस्य श्याम प्रकाश राईले जानकारी दिए ।

उक्त सालिकमा लगाइएको बिजुलीका केही बल्बहरु समेत निकालेर लगिएको साथै सालिकमा रहेको शिलापत्र समेत उक्काइ तोडफोड गरिएको छ ।

घटना पश्चात इलाका प्रहरी कार्यालय पाख्रिबासमा उजुरी दिइएको र घटनामा संग्लग्नहरुको खोजी कार्य भइरहेको जनाइएको छ ।

उक्त सालिक बिसं २०७६ सालमा तत्कालिन प्रदेश सांसद बिनादेबी राईको पहलमा प्रदेश सरकारको करिब ५ लाख र किरात भाषा तथा उत्थान संरक्षण समिति पाख्रिबासको ६० हजारको लगानीमा निर्माण सम्पन्न गरिएको थियो ।

तस्बीरमा हेर्नुहोस् –

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।