साँगुरीगढी गाउँपालिकामा चर्कियो आन्तरिक विवाद

हिराराज राई,धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकामा आन्तरिक विवाद चर्किएको छ। गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै कार्यपालिकाका केही सदस्यहरूले गाउँपालिकाको काममा अवरोध पुर्‍याइरहेको बताएका छन्।

राईका अनुसार गाउँपालिकाका निर्णयहरू विधि र प्रक्रियाअनुसार सञ्चालन हुँदै आएको भए पनि हाल केही जनप्रतिनिधिहरूले बहुमतको आडमा विकास र जनसरोकारका कामहरूमा रोकावट सिर्जना गरिरहेका छन्। उनले विज्ञप्तिमा भनेका छन्, “कार्यपालिकाका केही सदस्यहरूले बैठकमा भएका सहमतिजन्य निर्णयमा हस्ताक्षर नगरी जनताको हितमा गरिएका कामहरू रोकेका छन्, जसले समग्र विकासमा नकारात्मक प्रभाव पारेको छ।”

अध्यक्ष राईले केही सीमित जनप्रतिनिधिहरूले व्यक्तिगत स्वार्थका कारण सामूहिक हितका कामहरूमा अवरोध पुर्‍याइरहेको उल्लेख गर्दै सबै साँगुरीगढीबासीलाई विकास र जनहितका पक्षमा एकजुट हुन आह्वान गरेका छन्।

उनले कार्तिक २६ गते कार्यालय समयमा गाउँपालिका कार्यालयका कर्मचारीमाथि नेकपा (एमाले) निकट केही जनप्रतिनिधिबाट भएको दुर्व्यवहारप्रति गम्भीर आपत्ति जनाएका छन्। “जनप्रतिनिधिबाटै यस्तो अस्वीकार्य व्यवहार हुनु अत्यन्त दुःखद र असामान्य कुरा हो,” विज्ञप्तिमा उल्लेख छ।

राईले यस्तो घटनालाई कानूनी राज्यका सिद्धान्तविपरीत बताउँदै, “जो कोहीले यस्तो कार्य गर्छ, उसलाई कानूनी दायरामा ल्याउनुपर्छ” भनेका छन्। साथै, उनले सम्बन्धित निकायहरूको ध्यानाकर्षण समेत गराएका छन्।

साँगुरीगढी गाउँपालिका धनकुटाको प्रमुख पालिकामध्ये एक हो, जसले पछिल्ला वर्षहरूमा कार्यसम्पादन मूल्याङ्कनमा अग्रस्थानमा रहँदै आएको अध्यक्ष राईको दाबी छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।