धनकुटामा नेकपा एसको जिल्ला कमिटी नै एमालेमा समाहित

धनकुटा । विघटित नेकपा एकीकृत समाजवादी धनकुटाको टिम नेकपा एमालेमा समाहित भएको छ ।

नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य एवं धनकुटा अध्यक्ष अर्जुन राईसहितको टिम एमालेमा समाहित भएको हो । आज धनकुटामा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले संयुक्त पत्रकार सम्मेलन गरेर एकीकृत समाजवादीको सिङ्गो टिम एमालेमा समाहित भएको जानकारी दिएका हुन् ।

    पत्रकार सम्मेलनमा एकीकृत समाजवादीका केन्द्रिय सदस्य एवं धनकुटा जिल्ला अध्यक्ष अर्जुन राईले एकीकृत समाजवादी धनकुटाको बैठक बसेर निर्णय गरी सिङ्गो पार्टी एमालेमा समाहित भएको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा बोल्दै एकीकृत समाजवादीका उपाध्यक्ष खगेन्द्र सुवेदी र सचिव जेबी राईले अब एमालेको अभियानमा आफूहरू थप मजबुत हिसाबमा लाग्ने बताउँनुभयो । 

    एकीकृत समाजवादी जिल्ला कमिटीको बैठक आज बसेको थियो । सो बैठकले सिङ्गो टिम समाहित हुने निर्णय गरेपछि पत्रकार सम्मेलनमार्फत निर्णय सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलनमा एमाले केन्द्रिय सदस्य एवं धनकुटा इन्चार्ज राजेन्द्र राईले एकीकृत समाजवादीको टिमलाई एमालेमा स्वागत गर्दै अब सक्रिय रुपमा पार्टीको अभियानमा लाग्न आग्रह गर्नुभयो । एमाले जनताको पक्षमा उभिँदा अहिले एमालेमाथि चौतर्फी घेराबन्दी भएको भन्दै उहाँले भ्रमहरूलाई चिर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    सो अवसरमा एमाले जिल्ला अध्यक्ष शिव आङ्ला र प्रचार विभाग प्रमुख रविन कटेलले भोलि एमालेले धनकुटामा वृहत जनप्रदर्शन गर्ने जानकारी गराउँदै जनप्रदर्शनमा सहभागिताका लागि पार्टी नेता, कार्यकर्ता, समर्थक शुभेच्छुकहरूसहित सबैमा आग्रह गर्नुभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖