धनकुटाको साँगुरीगढी स्थित आहाल डाँडामा माङचुला सांस्कृतिक मेला तथा भलिबल प्रतियोगिता हुँदै

हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ९ र १० को सिमाना आहाल डाँडामा आगामी मंसिर १६ देखि १८ गतेसम्म ‘श्री किरातेश्वर देव माङचुला सांस्कृतिक मेला तथा भलिबल प्रतियोगिता–२०८२’ हुने भएको छ। आयोजक श्री किरातेश्वर देव माङचुला समितिका अनुसार सांस्कृतिक परम्परा, स्थानीय पहिचान तथा खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेलाको तयारी गरिदैछ।

मंसिर १६ गते उद्घाटन कार्यक्रमसँगै गायक विजय वाम्बुले राई, अरूण लिम्बु, गरिमा डान्स सेन्टरको आकर्षक नृत्य तथा अन्य स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ। सोही दिन भलिबल प्रतियोगिताको उद्घाटनसँगै हाउजी खेल पनि सञ्चालन गरिनेछ।

मंसिर १७ गते राष्ट्रिय गायक शम्भु राईको प्रस्तुति तथा गरिमा डान्स सेन्टरको नृत्य कार्यक्रमसहित हाउजी खेल निरन्तर रहने आयोजकले जनाएको छ।

मंसिर १८ गते अन्तिम दिन श्री किरातेश्वर देव माङचुलाको पूजा, साकेला नाच तथा हाउजी खेलसमेत हुनेछ। आयोजक समितिका अनुसार मेला तथा प्रतियोगिता दिउँसो १ बजेदेखि सुरु हुनेछ।

समितिले सबैलाई सांस्कृतिक संरक्षण, मनोरञ्जन तथा खेलकुदको उत्सवमा सहभागी हुन आह्वान गरेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖