धनकुटा नगरपालिकाको वार्षिक समीक्षा गोष्ठी सम्पन्न
धनकुटा,३० कार्तिक ।धनकुटा नगरपालिकाको वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ ।
गोष्ठीमा आ.व.२०८१-०८२ मा धनकुटा नगरपालिका क्षेत्रभित्र सम्पन्न योजना तथा कार्यक्रमहरूको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
त्यसैगरि नपाका विभिन्न शाखा, उपशाखा, वडा, स्वास्थ्य संस्था, इकाइ तथा कार्यक्रमका प्रमुख/प्रतिनिधिबाट प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
गत आ व मा सम्पन्न आयोजना तथा कार्यक्रमहरू सन्चालनमा आइपरेका विविध समस्या समाधानका उपाय असल अभ्यासको समीक्षा र आगामी दिनमा गर्नुपर्ने सुधारका पक्षहरूको विषयमा गोष्ठीमा छलफल गरिएको थियो।
कार्यक्रम नगर प्रमुख चिन्तन तामाङको अध्यक्षतामा सम्पन्न भएको हो ।


