आज पाख्रिबासमा गायिका एलिना चौहान आउने
धनकुटा,५ मंसिर । धनकुटाको पाख्रिबासमा आज गायिका एलिना चौहान आउने भएकी छिन् ।
पाख्रिबास नगरपालिका ४ स्थित नवनिर्मित पाख्रिबासको पहिचान सहितको पार्कको उद्घाटनको अवसरमा पाख्रिबास युवा परिवारद्वारा आयोजित सांगीतिक कार्यक्रममा आफ्नो सांगितिक प्रस्तुति दिन गायिका चौहान आउने भएकी हुन् ।
सांगितिक कार्यक्रमको साथमा हाउजी खेल पनि राखिएको र हाउस फुल बिजेतालाई १ तोला सुन उपहार राखिएको आयोजकले जनाएको छ ।


