दुबईमा नेपाली रक्तदाता संघको खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

सचिन्द्र श्रेष्ठ,युएई । अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको भगिनी संस्था नेपाली रक्तदाता संघ यूएईको समन्वय तथा प्रवास नेपाली सम्पर्क बिभागको मुख्य आयोजना एबं देबदह सेवा समाज यूएईको सहयोगमा नोभेम्बर २३ मा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

दुबई हेल्थ अथरिटी (डीएचए) सँगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो।यस कार्यक्रमलाई एभरेस्ट रेस्टुरेन्टले आर्थिक सहयोग गरेको थियो।

रक्तदान कार्यक्रम बिगतका भन्दा अझ भब्यताका साथ यो चौथो पटक सम्पन्न भएको अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका कोषाध्यक्ष तथा नेपाली रक्तदाता संघ युएईका संरक्षक सुनिलराज श्रेष्ठले बताए। यस कार्यक्रममा उपस्थित भएका यस प्रकारको समाजसेवी कामलाई निरन्तरता दिनु पर्ने भन्दै उत्साह प्रकट गरेका थिए। उक्त कुरालाई आत्मसाथ गर्दै हरेक वर्षको तिनपटक रक्तदान कार्यक्रम निरन्तर आयोजना गर्ने गरिएको श्रेष्ठले बताए।

विभिन्न पेसामा कार्यरत नेपाली समुदायका व्यक्तिहरु, नेपाली रक्तदाता संघ यूएईका सदस्यहरु, व्यवसायी, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरका सामाजिक संस्था एवं वैचारिक संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुका साथै नेपाली राजदुतावास आबुधाबीका प्रतिनिधि हरेराम अर्याल ज्यु एबं वाणिज्य दूतावास दुतावास दुबइका उप–महावाणिज्यदूत कृष्ण चापागाईको समेत उपस्थित रहेको कार्यक्रममा करीब ११० भन्दा बढ़ीले रक्तदान गरेको प्रवास नेपाली सम्पर्क बिभागका अध्यक्ष सुजन थापाले बताए।

सर्वोत्कृष्ट मानवीय सेवाबाट अभिप्रेरित भई ‘रक्तदान जीवन दान’ भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै स्वस्थ रगत संकलन कार्यमा सहयोग पुर्‍याउने उद्देश्यका साथ भब्य र सभ्य तरिकाले रक्तदान कार्यक्रम आयोजना गरेको संयोजक जगन अधिकारीले बताए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।