धरानमा दाउरा विवादले झडप, एक जनाको कान काटियो
सुनसरी । सुनसरीको धरान–१७ स्थित जङ्गलमा दाउरा बिक्रीको विषयमा विवाद चर्किँदा सोमबार झडप भएको छ।
दाउरा जानकारी नदिई तीन भरी बेचेपछि सुरु भएको विवादमा दिपुले धारिलो हतियार प्रहार गरी आयुष विश्वकर्माको बायाँ कान काटिदिएका छन्।
गम्भीर घाइते आयुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
घटनापछि आरोपी दिपु फरार छन् र प्रहरीले उनको खोजी गर्दै थप अनुसन्धान जारी राखेको छ।


