एमाले धनकुटाद्वारा महाधिवेशन प्रतिनिधि छनौटका लागि अन्तिम मतदाता नामावली प्रकाशन

धनकुटा । धनकुटामा नेकपा एमालेले पार्टीको ११ औं महाधिवेशन प्रतिनिधि छनोटका लागि सार्वजनिक गरेको निर्वाचित कार्यतालिका अनुसार आज अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ ।

आज साँझ ५ बजेसम्मका लागि तोकिएको दावी विरोधको समयमा कुनै उजुरी प्राप्त नभएपछि अन्तिम मतदाता नामावली प्रकाशन गरिएको हो । अब, निर्वाचन कार्यतालिका अनुसार १० गते बिहान १० बजेदेखि २ बजेसम्म उम्मेद्वारी मनोनयन दर्ताको समय निर्धारण गरिएको छ ।

८ हजार २ सय ३६ पार्टी सदस्य रहेको धनकुटामा महाधिवेशनका लागि १३ जना प्रतिनिधि छनौट हुने एमाले धनकुटाका अध्यक्ष शिव आङ्लाले जानकारी दिनुभयो । खुलातर्फ ७ जना, महिलातर्फ ४ जना, ४० वर्षमुनिको युवा १ जना र दलित एक जना महाधिवेशन प्रतिनिधि छनौट हुनेछन् ।

सकेसम्म सहमतिबाटै प्रतिनिधि टुङ्गो लगाइने र सहमति जुट्न नसकेको अवस्थामा निर्वाचनबाट प्रतिनिधि छनौट गरिने एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिनुभयो । एमालेको केन्द्रिय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।