उर्लाबारीमा दूध बोक्ने ट्रकले स्कुटरलाई ठक्कर दिएपछि…
मोरंग । मोरंगको उर्लाबारी मुख्य चोकमा दुर्घटना भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको दूध बोक्ने ट्रकले एक स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
स्कुटर मा सवार घाइते महिला लाई उद्धार गरी अरनिको हस्पिटल लागिएको जानकारी प्राप्त भएको छ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।


