सुनसरीमा होटलबाटै ब्राउनसुगरको कारोबार

इटहरी । सुनसरीमा होटलबाटै ब्राउनसुगरको कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

दुहवी नगरपालिका–१०, जगुवा चोकस्थित मुस्कान होटल खाजा घरमा लागूऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले गरेको छापामा ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको हो ।

लागूऔषधको कारोबार नियमित रुपमा हुने गरेको भन्ने पुष्टि भएपछि इलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको टोलीले होटलभित्र छापा मारेको हो।

प्रहरी टोलीले स्थानीय मुस्कान होटल खाजा घरको दक्षिण–पूर्व कुनामा रहेको ४ नं. कटेजमा बसिरहेका चार जनालाई चेकजाँच गर्न खोज्नेबित्तिकै उनीहरूले झोलाबाट शंकास्पद सामग्री फालेर भाग्न खोजेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ११.६ ग्राम ब्राउनसुगर बरामद गरिएको छ ।

घटनामा भारतको बिहार, सुपौल–५ बस्ने १८ वर्षीय महमद हैदर, दुहवी–१ बस्ने २६ वर्षीय सिन्टु कुमार पासमान, दुहवी–७ बस्ने २८ वर्षीय सुमित कुमार पासमान र दुहवी–८ बस्ने १८ वर्षीय गौरव झालाई नियन्त्रणमा लिइएको छ ।

प्रहरी स्रोतका अनुसार दुहवी क्षेत्रमा पछिल्लो समय लागूऔषधका ‘ड्रपप्वाइन्ट’का रूपमा उपयोग भइरहेको सूचनालाई ध्यानमा राखेर निगरानी बढाइएको छ।

पक्राउ परेका व्यक्तिहरू भारतीय सीमावर्ती राज्य बिहारबाट नियमित रूपमा आवतजावत गर्दै आएका थिए।-टाकुरा न्यूजबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।