कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा पदभार ग्रहण, विषम परिस्थितिको सामना गरी अग्रपङ्तिमा रहेर प्रहरी सेवा प्रदान गर्न निर्देशन

विराटनगर, मंसिर ११ गते । कोशी प्रदेश प्रहरी प्रमुखको रूपमा प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरे कार्यालयमा हाजिर हुनु भई कार्यालयको पदभार ग्रहण गर्नु भएको छ ।

तालुक नेपाल सरकार गृह मन्त्रालयको यही मंसिर ८ गतेको निर्णय अनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भई हाजिर हुनु भएका प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेले मंसिर ११ गते कार्यभार सम्हाल्नु भएको हो ।

वहाँलाई प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारी, प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक दिपक पोखरेल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, कोशी प्रदेश प्रहरी गण रानी, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख सहित प्रहरी अधिकृतहरुले स्वागत गर्नु भएको थियो ।

पदभार ग्रहण पश्चात् कार्यालयको सभाहलमा उपस्थित प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूका साथै भर्चुअल माध्यद्वारा उपस्थित जिल्ला प्रहरी प्रमुखहरू लगायत मुद्धा चल्ने इकाईहरुका प्रमुखहरुलाई जस्तो सुकै विषम परिस्थितिमा समेत अग्र पङ्क्तिमा रहेर उच्च मनोबलका साथ समाजमा अपराध नियन्त्रण गरी शान्ती सुरक्षा प्रदान गर्न निर्देशन दिनु भएको छ ।
७० वर्षको लामो इतिहास बोकेको प्रहरी सङ्गठन बिभिन्न प्रकारका आरोह अवरोहको सामना गर्दै कानून कार्यान्वयन गरी देश र जनताको सेवामा समर्पित रहदै आएको छ ।

राज्यको उपस्थिति नै प्रहरी हो, प्रहरी विनाको समाज अकल्पनिय हुन्छ त्यसैले समय परिस्थिति अनुसार आफूमा बदलाव ल्याई सामूहिक भावना, भातृत्व, सहकार्य, समन्वयका साथ प्रविधिको उच्चतम् प्रयोग गर्दै सङ्गठनको गरिमा सदैव उच्च राखी प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । साथै वहाँले राम्रो काम गर्ने प्रहरी कर्मचारीलाई तत्काल पुरस्कृत गर्न र कानून बिपरित काम गर्नेलाई तत्काल कारवाही गर्न समेत निर्देशन दिनु भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।