सुनसरीमा एमाले नेता भीम आचार्यका स्वकीय सचिव कुटिए

सुनसरी । नेकपा एमाले ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोटको विषयमा विवाद हुँदा सुनसरी १ नम्बर निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार बनेका नेकपा एमाले स्थायी कमिटी सदस्य भिम आचार्यका स्वकीय सचिव कुटिएका छन ।

धरानमा भएको छलफलमा एमाले जिल्ला सदस्य समेत रहेका आचार्यका स्वकीय सचिव अनिल राजधामी उपर कुटपिट भएको हाे।

महाधिवेशनमा युवा प्रतिनिधिका उम्मेदवार आन्तरिक सहमतिबाट तय गर्ने कि निर्वाचनबाट जानेबारे छलफल भइरहेका बेला विवाद सुरु भएको एमाले कार्यकर्ताले बताएका छन् ।

विवादपछि राज धामीलाई पार्टी कार्यालयबाट नेपाल बैङ्क छाता चोकतर्फ घिसार्दै कुटपिट गरिएको प्रत्यक्षदर्शीहरूले बताए ।

घट्नामा नजिकैको टेलर्स पसलबाट कैँची लिएर राजधामी माथी प्रहार गर्न खोजिएको थियो । तर बचाउ गर्नेहरूले रोकेर अप्रिय घटना हुन पाएन ।
युवा प्रतिनिधिका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका अनिल राजधामीमाथि निर्घात कुटपिट भएको हो। अनिल राजधानी एमाले नेता तथा पूर्वमन्त्री भीम आचार्यको स्वकीय हुन् ।

राजधामी एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल गुटसँग नजिक छन् । उम्मेदवारी फिर्ता गर्न नमानेपछि संस्थापन पक्षले उनलाई कुट्दै बाटोमा निकालेको एक प्रत्यक्षदर्शीले बताए ।

युवातर्फ १ जना युवा प्रतिनिधिका लागि राजधामीसहित रवि खनाल, आर्जन वाग्ले, योगेशबाबु काफ्ले र दिवस वान्तवा राईले उम्मेदवारी दर्ता गरेका छन् ।

बिहीबार दिउँसो सर्वसम्मत गर्ने भन्दै छलफल बोलाइएको थियो । राजधामीले चुनाव लड्ने बताए अडान लिएका थिए ।

‘निर्वाचन नगर्ने पार्टी नेतृत्वले गरेको निर्णय मन्जुर छ भनि कागजमा चार जनालाई सही गराइएको थियो, उसले नमानेपछि कुटपिट भयो,’ एमाले धरान स्रोतले भन्यो, ‘कुटपिटपछि उनलाई पार्टीले गरेको निर्णय मान्य हुन्छ भन्ने कागजमा सहीछाप गर्न लगाइएको छ ।

एमाले धरान नगरकमिटी अध्यक्ष हर्कराज एभेङका अनुसार युवा प्रतिनिधि उम्मेद्वारबीचको विवाद मिलिसकेको छ । सामान्य विवाद भएको बताउँदै उनले मिलापत्र भइसकेको बताए ।

’युवाहरु छलफल गर्दा सामान्य बादविवाद हुनु स्वभाविक हो, खै के नमिलेर धकेला धकेल गरे,’ उनले भने,’ यो विषय अघि मिलिसक्यो, कुरा मिलाएर अंकमाल गरेर अनिलको अनुहारको ट्रिटमेन्ट गरेर फर्किसकेको कुरा हो । ’राजधामी धरानको विजयपुर अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖