इलाम र मोरङबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ५ जना पक्राउ

विराटनगर, मंसिर १२ गते । इलाम र मोरङ जिल्लाबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंसिर ११ गते इलामको इलाम नगरपालिका-७ स्थितमा लागू औषध बिक्रि बितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय इलाम र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले ८ ग्राम ०७० मिलिग्राम ब्राउन सुगर सहित सोहि स्थानका छिरिङ दोर्जे लामा, इलाम-६ का केशब दाहाल, मौसम राई र इलाम- ५ का सौरभ लुङ्गेली मगरलाई पक्राउ गरेको छ ।

चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे-४ का तुलाराम देवानलाई प्रतिबन्धित औषधी ट्रामोल २ सय क्याप्सुल, डाईजी २०४ ट्याब्लेट र हेल्थी लाईफ ५२ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖