लेटाङ–९ मा श्रम संस्कृति पार्टीको वडा कमिटी गठन
लेटाङ, १२ मंसिर। श्रम संस्कृति पार्टिको लेटाङ नगरपालिका–९ मा आज नयाँ वडा कमिटी गठन गरिएको छ। सम्पन्न अधिवेशनले डम्बर लिम्बूको अध्यक्षतामा १७ सदस्यीय समितिलाई सर्वसम्मत रूपमा चयन गरेको हो।
नवगठित समितिमा उपाध्यक्षमा रमेश राई, सचिवमा सचिन राई, सह–सचिवमा बिष्णु राई र कोषाध्यक्षमा टिना राई रहेका छन्। त्यस्तै, नरबहादुर मगर, महासेर राई र सानु पूर्वछाने मगरलाई समितिको सल्लाहकारका रूपमा चयन गरिएको छ।
समितिको घोषणा कार्यक्रममा नवअध्यक्ष डम्बर लिम्बूले कार्यकालभरि संगठन सुदृढीकरण, श्रम अभियान विस्तार र सामाजिक उत्थानका कामलाई प्राथमिकतामा राखिने प्रतिबद्धता जनाउनुभयो।
उक्त कार्यक्रम सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै लोकिन मगर र सचिन राईप्रति विशेष धन्यवाद व्यक्त गरिएको छ।
नयाँ गठन भएको समितिलाई स्थानीयहरू तथा उपस्थित नेतृ–कार्यकर्ताले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।


