सुनसरी जिल्लास्तरीय वक्तृत्वकला प्रतिस्पर्धामा कालाबञ्जारकी प्रेरणा प्रथम

विराटनगर । प्याब्सन सुनसरीले आयोजना गरेको जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा कालाबन्जारकी प्रेरणा जैसवाल प्रथम भएकी छन् । कालाबञ्जारस्थित मुन विम एकेडेमीमा अध्ययनरत प्रेरणाले १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम स्थान हासिल गरेकी हुन् ।

‘सामाजिक सञ्जाल अवसर कि चुनौती’ शीर्षकमा आयोजित प्रतिस्पर्धामा उत्कृष्ट विचार प्रस्तुत गरेर जैसवाल सुनसरी जिल्ला प्रथम भइन् । शुक्रबार दुहबीमा आयोजित प्रतिस्पर्धामा रामधुनीस्थित पिङ्क लोटस स्कुलकी अग्रिमा कार्की द्वितीय, द मार्टर सेकेण्डरी स्कुल इनरुवाकी कृसला पोखरेल तृतीय र इटहरीस्थित मोडन प्रिपेटोटरी स्कुलकी खुशी विष्टले चौथो स्थान प्राप्त गरिन् ।

कवि एवं पत्रकार मीनकुमार नवोदित, साहित्यकार हरि कट्टेल र शिक्षक विशालकुमार भट्टराई सम्मिलित निर्णायक समितिले पुरस्कृतहरुको नाम घोषणा गरेको थियो ।

प्याब्सन सुनसरीका अध्यक्ष थानेश्वर ढकालको अध्यक्षतामा भएको कार्यक्रममा सुनसरी प्याब्सनका वरिष्ठ सल्लाहकार शंकर थापा, प्याब्सन कोशी प्रदेशका सल्लाहकार विष्णु कोइराला, दुहबी नगरपालिकाको शिक्षा शाखा प्रमुख विकास घिमिरे, प्याब्सन सुनसरीका वरिष्ठ उपाध्यक्ष रमेश कार्की, मुख्य निर्णायक मीनकुमार नवोदित, निर्णायक हरि कट्टेललगायतले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

स्कुलबाट छनौट भएका विद्यार्थीले पालिकास्तरमा र पालिकाबाट छनौट भएका विद्यार्थीले जिल्लास्तरमा प्रतिस्पर्धा गरेका थिए ।

वक्तृत्वकला प्रतियोगितालगायतका अतिरिक्त क्रियाकलापले विद्यार्थीको ज्ञानको भण्डारलाई व्यापक बनाउने कार्यक्रमका वक्ताहरुले बताएका थिए ।

प्याब्सनले विद्यार्थीहरुको अध्ययनसँगै चौतर्फी विकासका लागि क्यालेण्डर नै बनाएर विभिन्न प्रतियोगिताहरु आयोजना गर्ने गरेको प्याब्सन सुनसरीका अध्यक्ष थानेश्वर ढकालले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।