धनकुटा र भोजपुरमा गाँजाको बोट तथा बिरुवा फडानी गरी नष्ट
धनकुटा, मंसिर १३ गते । भोजपुर र धनकुटा जिल्लाका बिभिन्न स्थानका डाँडा पाखामा प्राकृतिक रुपमा आफै उम्रिएका तथा लगाएका गाँजाको बोट तथा बिरुवाहरु प्रहरीले फडानी गरी नष्ट गरेको छ ।
मंसिर १२ गते जिल्ला प्रहरी कार्यालय भोजपुर र इलाका प्रहरी कार्यालय घोडेटार, बोयाङ र अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएको प्रहरी टोलीले हतुवागडी र आमचोक गाउँपालिकाका बिभिन्न स्थानका करिव ७० रोपनी क्षेत्रफलमा रहेका ७ हजार ४ सय ५० वटा गाँजाको बोट तथा बिरुवाहरु फडानी गरि नष्ट गरेको छ ।
त्यसैगरि धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङ र राजानरीबाट खटिएको प्रहरी टोलीले सहिदभुमी र चौबिसे गाँउपालिकाका डाँडापाखामा करिव ६.५ रोपनी क्षेत्रफलमा रहेको १ हजार १ सय ५० वटा गाँजाको बोट तथा बिरुवाहरु फडानी गरेर नष्ट गरेको कोशी प्रदेश कार्यालय विराटनगरले जनाएको छ ।


