विराटनगरमा प्रतिनिधि छनोटका क्रममा तनाव सिर्जना, संस्थापन पक्षका नेता पर्शुराम बस्नेतमाथि इतर समूहका कार्यकर्ताले गरे हातपात

विराटनगर । विराटनगरमा नेकपा एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट भइरहेको क्रममा तनाव सिर्जना भएको छ। शनिबार पाञ्चालीस्थित एमाले पार्टी कार्यालय बाहिर संस्थापन पक्षका नेता पर्शुराम बस्नेतमाथि इतर समूहका कार्यकर्ताले हातपात गरेका हुन्।

मतदानस्थल बाहिर तनाव बढेपछि केही समय मतदान रोकिएको थियो। बादल शान्त भएपछि मतदान पुनः सुरु गरिएको प्रहरीले जनाएको छ।

एमाले स्रोतका अनुसार विवाद वडा नम्बर १२ का वडाध्यक्ष भानुभक्त पाठक एक व्यक्तिलाई मतदान स्थलतर्फ लैजाने क्रममा सुरु भएको थियो। सो व्यक्तिलाई एकै दिन पटक–पटक किन मतदानस्थल पुर्‍याइयो भन्ने विषयमा संस्थापन पक्षले आपत्ति जनाएपछि दुई समूहबीच वादविवाद चर्किएको थियो।

यही वादविवादको क्रममा विनोद ढकाल समूहका कार्यकर्ताले संस्थापन पक्षका नेता बस्नेतमाथि हातपात गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनापछि प्रहरीले दुवै पक्षलाई नियन्त्रणमा लिएर विवाद नियन्त्रणमा ल्याएको छ।

एमालेको ११औँ महाधिवेशनका लागि देशभर प्रतिनिधि छनोट भइरहेका बेला विराटनगरमा भएको यो घटना पार्टीभित्रको आन्तरिक तनाव खुला रूपमा देखिएको उदाहरणका रूपमा हेरिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।