बैरागी काइँलालाई पहिचान सम्मान, पहिचान युवा सम्मान गीलु रातोसलाई

लन्डन । प्रत्येक वर्ष वितरण हुँदै आएको पहिचान पुरस्कार कोषले यस वर्ष ‘पहिचान सम्मान’ दिने भएको छ ।

प्रत्येक पाँच वर्षमा पहिचान सम्मान दिइने गर्दछ। वि.सं. २०८१/२०८२ (सन् २०२४/२०२५) को पहिचान सम्मान श्रद्वेय साहित्यकार, मुन्धुमविद एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति श्री बैरागी काइँलाज्यूलाई नगद रु. ५,०२,००२ ।– (अक्षरुपी पाँच लाख दुई हजार दुई रुपैँया) र ताम्रापत्र सहित पहिचान सम्मान प्रदान गर्ने भएको छ ।

त्यस्तै, पहिचानको आन्दोलन र लेखनमा दिइरहनुभएको योगदानको कदर गर्दै यस वर्षको पहिलो पहिचान युवा सम्मान यस वर्ष श्री गणेश कुमार राई (गीलुरातोस) ज्यूलाई रु. ५०,२०२ (अक्षरुपी पचास हजार दुई सय दुई रुपैँया) र ताम्रापत्र सहित प्रदान गरिने व्यहाेरा कोषले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

यसभन्दा अघि लेखक तथा राजनैतिक विश्लेशक खगेन्द्र संग्रौलालाई पहिचान सम्मान प्रदान गरिसकेको छ । यसैगरी राजन मुकारुङको फेरिँदो सौन्दर्य, अर्जुन खालिङको गोयङको सुगन्ध, यज्ञशको भुइया, उन्मुक्त पुस्ताको आफर र सरस्वती प्रतिक्षाको नथिया, श्याम शाहको पथेर र अनन्त वाग्लेकोकदम, कविता राईको गुरु र अर्जुन माबुहाङ, अमित थेवेको सिरिजङ्गा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट, प्रगती राईको थाङ्ग्रा र प्रकाशगुरागाईंको जङ्क्सन पिपलबोट नयाँ सडकको कथा र राजु स्याङ्तानको ओ पेङ्दोर्जेलाई पहिचान पुरस्कार प्रदान गरिसकेको छ ।

निरन्तर चार वर्ष पहिचान पुरस्कार दिने गर्दछ भने प्रत्येक पाँच वर्षमा पहिचान सम्मान दिदै आएको छ । ४० वर्ष मुनिका युवाहरुलाई पहिचान युवा सम्मान यस वर्षदेखि दिने घोषणा गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।