अपडेट : धनकुटामा शैक्षिक भ्रमणमा आएको स्कुल बस दुर्घटना,२९ जना घाइते

धनकुटा,१४ मंसिर । धनकुटामा शैक्षिक भ्रमणमा आएको स्कुल बस दुर्घटना भएको छ ।

जिल्लाको धनकुटा नगरपालिका वडा नम्बर ७ रमाइलो घुम्ती स्थित कोशी लोकमार्गमा आज दिनको करिब ४:२५ बजे तेह्रथुमबाट धरान तर्फ जादै गरेको जिल्ला सुनसरी रामधुनी नगरपालिका वडा नम्बर ५ स्थित रहेको पिङ्क लोटस ईङ्लिस बोर्डिङको शैक्षिक भ्रमणबाट फर्किदै गरेको को १ ख ५३१३ नम्बरको स्कुल बस अनियन्त्रीत भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

दुर्घटनामा बसमा सवार ३६ जना विद्यार्थी,३ जना शिक्षकहरु र २ जना चालकदलका सदस्य समेत गरी ४१ जना यात्रु मध्ये २४ जना घाईते विद्यार्थी सहित २९ जना घाइते भएका छम् ।

घाइतेको तत्काल उद्धार गरी जिल्ला अस्पताल धनकुटामा लगि उपचार भई रहेको,बाटो दुबै तर्फी संचालनमा रहेको साथै घाईते यात्रुहरु खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।