युएईमा चासाेक थिसाेक तङ्नाम सम्पन्न
युएई । युमा साम्यो महासभा युएई द्वारा युएईको दुबई राज्यमा याक्थुङ लिम्बु समुदायको माैलिक एवम् महान पर्व चासोक थिसोक तङनाम भव्य रुपले सम्पन्न भएको छ ।
२३ नोभेम्बर २०२५ तदनुसार (२०८२ मंसिर ७, आइतबार) युएईको दुबई राज्य स्थीत बरदुबई शहरको याक एण्ड यति होटलको एभरेस्ट हलमा “युमा साम्यो महासभा” युएईद्वारा आयोजनामा गरिएको याक्थुङ लिम्बु समुदायको महान चाडपर्व चासोक तङ्नाममा तक्सोक, थिसोक भब्य रुपले युएईमा मौलिक अनुष्ठान गरि मुन्धुमी संस्कारले सम्पन्न गरिएको छ।
उक्त कार्यक्रममा विभिन्न संघ सस्थाबाट पाल्नुहुने आगन्तुक पाहुना अतिथिहरूलाई याक्थुङ लिम्बु संस्कृतिको परम्परागत केलाङ–लाम्दाक याक्थुङ मौलिक विधिद्वारा स्वागत गरिएको थियो। प्रमुख अतिथिका रूपमा संघीय लिम्बुवान सामाजिक मञ्चका अध्यक्ष बिक्रम वाजिहाङ, विशिष्ट अतिथिमा किरात याक्थुङ चुम्लुङका अध्यक्ष पोबो थेबे, याक्थुङ सयङ सङ्जुम्भोबाट अध्यक्ष बसन्ता थेबे, थुपुको थेबे युएई समाजबाट मुना थेबे, ताप्लेजुङ समाज युएईबाट अध्यक्ष लोकेन्द्र पालुङ्वा, पथरी शनिस्चरे युएईबाट अध्यक्षदिल राई, संघीय लिम्बुवान क्षेत्रीय समिति अलेनबाट अध्यक्ष श्रीमती सीमा चेम्जोङ, लिम्बुवान अन्तर्राष्ट्रिय प्रवास समन्वय समितिबाट बिक्रम पन्धाक आबुधाबी टिमबाट काजिमान लिबाङ र दिपक वनेम साथै अन्य सहभागीहरु साथ उपस्थित रहेकोे थियो र फुजेरा राज्यबाट पनि प्रतिनिधि भिम मिभक ज्युको रहोबरमा केही पाहुना ज्युहरुको सहभागिता रहेको थियो ।

