झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित पांच जना पक्राउ

विराटनगर, मंसिर १५ गते । झापा, मोरङ र सुनसरीबाट प्रहरीले लागूऔषध सहित ५ जनालाई पक्राउ गरेको छ ।

हिजो दिउँसो साँ झापा गाँउपालिका ४ लसुना स्थितमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले झापा शिवसताक्षी नगरपालिका ११ का निशान न्यौपाने र एक जना बालकलाई ब्राउन सुगर १ ग्राम २५ मिलिग्राम सहित पक्राउ गरेको छ ।

यसै गरी मोरङको रतुवामाई नगरपालिका २ डोरिया स्थितबाट इलाका प्रहरी कार्यालय सिजुवा र डोरियाबाट खटिएको प्रहरी टोलीले मोरङ उर्लाबारी १ का दिपेश धिमाल र पुर्ण बहादुर जोगीलाई ४ ग्राम ०१ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने सुनसरीको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका ६ का दिनेश तामाङलाई ८७ क्यापसुल TRAMADOL र ८८ ट्याब्लेट SPASPAIN सहित पक्राउ गरेको छ ।

पक्राउ परेका पाँचै जनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।