विद्यालयको स्तरोन्नति तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि धनकुटाको आहालेमा श्री सिंहकाली मेला
हिराराज राई, धनकुटा ।धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. ९ मा अवस्थित श्री सिंहकाली माध्यमिक विद्यालयको स्तरोन्नति तथा शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग पुर्याउने उद्देश्यले यस वर्ष सिंहकाली मेला २०८२ भव्य रूपमा आयोजना हुने भएको छ।
विद्यालयको शैक्षिक पूर्वाधार विस्तार, सिकाइ व्यवस्थामा सुधार तथा सामुदायिक सहकार्यलाई सुदृढ बनाउने लक्ष्यसहित आयोजना गर्न लागिएको मेला मंसिर २० गतेदेखि २५ गतेसम्म सञ्चालन हुने जानकारी आयोजक श्री सिंहकाली मेला समिति साँगुरीगढी-९ आहाले, धनकुटाले जनाएको छ।
मेलामा साँस्कृतिक नृत्य, मनोरञ्जनात्मक कार्यक्रम तथा विभिन्न खेलहरू राखिने समितिले बताएको छ। मेलाले विद्यालयस्तर मात्र नभई स्थानीय क्षेत्रको सामाजिक, आर्थिक गतिविधि, सांस्कृतिक परिचय तथा पर्यटनक्षेत्रको आकर्षण बढाउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।
आयोजक समितिका अनुसार मेलालाई सफल र व्यवस्थित बनाउन आवश्यक तयारीहरू तीव्र गतिमा अघि बढाइएका छन्।
मेला साँगुरीगढी-९ स्थित आहाले मेलाचौर, देरालीमा आयोजना गरिनेछ।


