धनकुटाका दुई जना ट्रकमा गाँजा लिएर जांदै गर्दा मोरङ रतुवामाईबाट पक्राउ
धनकुटा । धनकुटाका दुई जना ट्रकमा गाँजा लिएर जांदै गर्दा मोरङ रतुवामाईबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको सहिदभूमि गाँउपालिका २ का समेल राई र सहिदभूमि गापा १ का ट्रकका धनी विक्रम विशुङ्खे रहेका छन् ।
आज दिउंसो मोरङ रतुवामाई नगरपालिका वडा नं. १ हटियाडाँडा स्थित आमबारीबाट सोनापुर तर्फ जादै गरेको प्र.१-०१-००१ख ३८२५ नम्बरको ट्रकलाई इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले शंका लागि रोकी चेक जाँच गर्दा ट्रकको डाला भित्र फल्स डाला जोडी लुकाई छिपाई राखेको अबस्थामा प्रतिवन्धित लागू औषध गाजाँ ६७८ (छ सय अठहतर) के.जी.फेला पारी ट्रक उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ ।
पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय, सिजुवा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।


