सुनसरीको दुहवी नगर आधारभूत अस्पतालको समुद्घाटन

रोशन पोखरेल, दुहवी । सुनसरीको दुहवी नगरपालिकामा नवनिर्मित १५ शैयाको दुहवी नगर आधारभूत अस्पतालको समुद्घाटन समारोह आइतबार एक कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ । समारोहका प्रमुख अतिथि दुहवी नगरपालिकाका मेयर बेद नारायण गच्छदारले अस्पतालको औपचारिक रूपमा उद्घाटन गर्नुभयो ।

ग्रामिण क्षेत्रमा अस्पताल स्थापना गरेर जनतालाई स्वास्थ्य सेवाको पहुँचलाई आफनै नगरमा अत्याधुनिक उपकरण सहित न्युन शुल्कमा पुयाउन पाउनु सबै दुहवी बासीको साथ र सहयोगले सम्भव भएको बताउनुभयो । उहाँले उपचारको अभावमा अकालमा कोही पनी नागरिक स्वास्थ्य सेवा बाट बञ्चित नहुन भन्नको लागी आफुले १५ शैयाको अस्पताल हाललाई प्रयोगमा ल्याएको र नगरपालिकाले आगामी दिनमा थप सेवा विस्तारलाई अगाडि बढाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथिका दुहवी नगरपालिकाकी उप मेयर मेनुका पोखरेल खतिवडाले जनतालाई सहज स्वास्थ्य सेवा उपभोग गर्न पाउन भन्नको लागी अस्पताल सञ्चालनमा आएको बताउनुभयो । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका प्रदेश सचिव डा. यदुचन्द्र घिमिरेले आधारभुत रुपमा नगरभित्रका जनता र छिमेकी स्थानिय तहका जनताहरुलाई स्वास्थ्य सेवाको उपभोग गर्नको लागी दुहवी नगरपालिकाले गरेको प्रयासलाई सबैले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले नगरमा रहेका जनतालाई आवश्यक परेको अवस्थामा उच्चस्तरिय उपकरण र दक्ष अनुभवी डाक्टर बाट २४ सै घन्टा स्वास्थय सेवा पुयाउँनको लागी नगर प्रमुख गच्छदार र प्रमुख प्रशासकिय अधिकृत सुवर्ण घिमिरे लगायतको टिमले गरेको प्रयासलाई प्रसंसा गर्नुपर्ने बताउनुभयो ।

नव–उद्घाटित अस्पतालबाट इमर्जेन्सी सेवा, ओपीडी सेवा, प्रसूति सेवा, मातृशिशु तथा परिवार नियोजन सेवा, भिडियो एक्स–रे र डिजिटल एक्स–रे सेवा, प्रयोगशाला सेवा, रेबिज रोगविरुद्धको खोप सेवा, इसिजी सेवा, आँखा तथा कान उपचार सेवा लगायतका स्वास्थ्य सेवा प्रदान गरिने जानकारी दिइएको छ।स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुने भएपछि दुहवी नगरवासीलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।

स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँ, प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे दुहवी नगरपालिकाका १ देखि १२ नम्बर वडासम्मका वडा अध्यक्ष तथा विभिन्न पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।