रोजगारीको सिलसिलामा पोर्चुगल पुगेका एक नेपाली युवकको मृत्यु
लिस्बन । रोजगारीको सिलसिलामा पोर्चुगल पुगेका नुवाकोटको सामरीका एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा म्यागङ गाउंपालिका वडा नम्बर ५ सामरी स्थायी घर भई विदुर नपा ४ विदुरमा वस्दै आएका ३० वर्षिय सुपेन्द्र डंगोलको पोर्चुगलमा गत मंसिर १६ गते निधन भएको हो ।
डंगोलको पार्थिव शरीर वुधवार वेलुकीमात्र नेपाल आइपुग्ने र पशुपती आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।


