कोशीमा मंसिर महिना सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर, पुस ०४ गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी नायव निरीक्षक धर्मेन्द्र कार्की, इलाका प्रहरी कार्यालय पथरी मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक नमराज कार्की र कोशी प्रदेश प्रहरी कार्यालय विराटगर (PIT) मा कार्यरत प्रहरी सहायक हवल्दार टिका राम निरौलालाई मंसिर महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ ।

विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी नायव निरीक्षक धर्मेन्द्र कार्कीले सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी सफारी चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई गोली प्रहार गरी हत्या गरेको घटनाको मुख्य योजनाकार नन्दकिशोर साह सहित ७ जनालाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन मुख्य भूमिका निर्वाह गरेको थियो ।

प्रहरी सहायक निरीक्षक नमराज कार्की र प्रहरी सहायक हवल्दार टिका राम निरौलाले मोरङको लेटाङ नगरपालिका-२ का नविन गौतमको छोरी १२ बर्षीया अंशु गौतमको हत्या भएको घटनाको अनुसन्धानको क्रममा महत्वपूर्ण भूमिका वहन गरी संलग्न लेटाङ-२ का पदम बहादुर अधिकारीलाई नियन्त्रणमा लिई कानूनी कारवाहीको दायरामा ल्याउन उल्लेखनीय भूमिका निर्वाह गरी आम नागरिकहरु र जनमानसमा शान्ति सुरक्षाको अनुभूति हुने किसिमले आफ्नो पदीय दायित्व तथा जिम्मेवारी उत्कृष्ट तवरबाट वहन गरेको हुँदा निज प्रहरी कर्मचारीहरुबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै संयुक्त रुपमा २०८२ साल मंसिर महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖