मोरङको सुन्दरहरैँचामा दुर्घटना हुंदा स्कुटरमा सवार महिलाको मृत्यु

मोरङ । मोरङको सुन्दरहरैँचामा स्कुटरले साइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार महिलाको मृत्यु भएको छ ।

विराटनगर–विराटचोक सडक खण्डअन्तर्गत सुन्दरहरैँचा नगरपालिका–१ मा को ३६ प ५०९५ नम्बरको स्कुटरले बाटो क्रस गर्दै गरेको साइकललाई दिउँसो २ः४० बजेतिर ठक्कर दिएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए । उनका अनुसार सुन्दरहरैँचा–१ का ३५ वर्षीय उमेश खत्रीले चलाएको साइकललाई ठक्कर दिनसाथ स्कुटर आफैं अनियन्त्रित भएर सडकबाट नालीमा खसेको थियो ।

दुर्घटनामा स्कुटर चालक सुन्दरहरैँचा–१२ का ६७ वर्षीय बुद्धिमान श्रेष्ठ र पछाडि सवार उनकी पत्नी ६४ वर्षीया जीवनकुमारी श्रेष्ठ गम्भीर घाइते भएका थिए । घाइते दुवै जनालाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल भर्ना गरिएको थियो ।

उपचाररतमध्ये जीवनकुमारीको अपरान्ह ४ः२५ बजेतिर मृत्यु भएको इन्स्पेक्टर न्यौपानेले बताए । उनका अनुसार जीवनकुमारीका पति बुद्धिमानको उपचार भइरहेको छ । दुर्घटनामा साइकल यात्री खत्री भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖