एमालेको पहिलो केन्द्रीय कमिटी बैठकले के–के गर्‍यो निर्णय ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय कमिटी बैठकले एक हप्ताभित्र संशोधित विधान र राजनीतिक प्रतिवेदनहरू प्रकाशन गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको पहिलो केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी दिए । आचार्यका अनुसार विधान महाधिवेशनबाट संशोधित र राष्ट्रिय महाधिवेशनले गरेको संशोधन समेत समावेश गरी विधान सम्पादन तथा प्रकाशन गर्ने निर्णय गर्दै त्यसको जिम्मा केन्द्रीय सचिवालयलाई दिएको छ ।

केन्द्रीय कमिटी पदाधिकारी र सदस्यहरूको कार्यविभाजन गर्ने जिम्मेवारी पनि सचिवालयलाई दिएको छ । एमालेको सचिवालयमा १९ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ ।

बैठकले केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २६, २७ र २८ काठमाडौँमा बस्ने निर्णय गर्नुका साथै पदाधिकारी र केन्द्रीय सदस्यबाट विदा भएकाहरूलाई समेटेर राष्ट्रिय सल्लाहकार परिषद् गठन गरेर कामको जिम्मेवारी दिने निर्णय गरेको छ । बैठकले महाधिवेशनमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖