धनकुटामा मुक्तिनाथ विकास बैंकद्वारा महिलालाई वित्तीय साक्षरता कार्यक्रम
धनकुटा, ६ पुस । मुक्तिनाथ विकास बैंक लिमिटेड धनकुटा शाखाले करिब ५० जनाभन्दा बढी महिलाका लागि वित्तीय साक्षरता कार्यक्रमसम्बन्धी जानकारी गराएको छ ।
बैंकले धनकुटामा दुईदिने कार्यक्रमको आयोजना गरी महिलाहरुलाई बैकिंङ साक्षरतासम्बन्धी जानकारी गराएको हो ।
जिल्लामा विभिन्न संस्थामा आबद्ध महिलाहरुलाई वित्तीय साक्षरता कार्यक्रम प्रदान गरेको छ ।
कार्यक्रममा बैंकिङ कारोबार गर्दा ध्यान दिनुपर्ने विषय, डिजिटल बैंकिङ प्रविधि र बैंकिङ क्षेत्रका विविध आयामबारे जानकारी गराइएको मुक्तिनाथ विकास बैंक लिमिटेड धनकुटा शाखाका प्रमुख हरि दाहालले जानकारी दिनुभयो ।


