झापाको बिर्तामोडबाट नक्कली नागरिकता सहित एक व्यक्ति पक्राउ
झापा । झापाको बिर्तामोड– ३ स्थित बिर्ताबजारबाट नक्कली नागरिकतासहित एक व्यक्ति पक्राउ परेका छन् ।
शिवसताक्षी– ११ बस्ने २३ वर्षीय पप्पु ठाकुरलाई नक्कली नागरिकतासहित ३ नम्बर वडा कार्यलय नजिकै रहेको बिर्ताबजारस्थित शिवम् मिठाइ पसलबाट प्रहरीले पक्राउ गरेको हो ।
उनले अढाई लाख रुपैयाँ खर्च गरेर ठाकुरले सो नागरिकता किनेको बताइएको छ ।


