मोरङमा एमालेका ४३ जनाको नाम सिफारिस

मोरंग । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) मोरङका छ वटै निर्वाचन क्षेत्रीय कमिटीहरूले प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गरेका छन् ।

आइतबार बसेका क्षेत्रीय कमिटीका छुट्टाछुट्टै बैठकले कुनै पनि क्षेत्रमा एकल उम्मेदवारमा सहमति जुटाउन नसकेपछि कुल ४३ जना आकांक्षीको नाम जिल्ला कमिटीमा सिफारिस गरिएको हो ।

क्षेत्रीय कमिटीहरूले न्यूनतम ३ देखि अधिकतम १६ जनासम्मको नाम सिफारिस गरेका छन् । यस क्रममा नेता विनोद ढकालको नाम मोरङ क्षेत्र नं. १, ४ र ६ गरी तीनवटै निर्वाचन क्षेत्रबाट सिफारिस भएको छ ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेले जितेको एकमात्र क्षेत्र मोरङ–२ मा समेत यसपटक सर्वसम्मत उम्मेदवार चयन हुन सकेन ।
क्षेत्रगत विवरण अनुसार मोरङ क्षेत्र नं. १ बाट कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, विनोद ढकाल, शान्ति लिम्बू, योगेश बस्नेत, डिल्ली शर्मा अधिकारी र भूपाल जिमीको नाम सिफारिस गरिएको छ। यस क्षेत्रमा १५ जनाले आकांक्षा देखाए पनि अन्ततः ६ जनाको नाम मात्र अघि बढाइएको हो ।

मोरङ क्षेत्र नं. २ बाट निवर्तमान सांसद ऋषिकेश पोखरेल, रंगेली नगर प्रमुख दिलीप अग्रवाल र पूर्व राष्ट्रियसभा सदस्य नैनकला ओझाको नाम सिफारिसमा परेको छ ।

सबैभन्दा धेरै १६ जना आकांक्षी रहेको मोरङ क्षेत्र नं. ३ बाट पूर्वमन्त्री भानुभक्त ढकाल, बासुदेव थापा, विजय डाँगी, सुजय गौतम, केदारप्रसाद गुरागाईं र प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीसहितको नामावली पठाइएको छ ।

त्यसैगरी मोरङ क्षेत्र नं. ४ बाट केन्द्रीय सदस्य जीवन घिमिरे, विनोद ढकाल, नरेन्द्र बस्नेत र बाबुराम कार्कीसहित ९ जनाको नाम सिफारिस भएको छ । मोरङ क्षेत्र नं. ५ बाट उद्धव पोखरेल, वीरेन्द्र यादव, मीना यादव र मझार आलमसहित ६ जनाको नाम तय गरिएको छ ।
मोरङ क्षेत्र नं. ६ बाट पूर्वमन्त्री लालबाबु पण्डित, पर्शुराम बस्नेत, सत्यनारायण चौधरी र यशोदा अधिकारीलगायतका नेताहरू सिफारिसमा परेका छन् ।

क्षेत्रीय कमिटीबाट सिफारिस गरिएका यी नामावली अब जिल्ला कमिटी हुँदै प्रदेश र केन्द्रीय कमिटीमा पुग्नेछन् । त्यहाँबाट उम्मेदवारको अन्तिम टुंगो लाग्ने पार्टी स्रोतले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖