मानव अधिकार अभियन्ता राहुल केसी राजनीतिमा होमिने

काठमाडौँ । मानव अधिकार अभियान्ता राहुल केसी राजनीतिमा होमिने भएका छन् । आगामी निर्वाचनमा कपिलवस्तुबाट उम्मेदवार बन्ने तयारीका साथ उनी राजनीतिमा होमिएका हुन् ।

उनले स्वतन्त्र उम्मेदवारी दिने कि कुनै दल प्रवेश गरेर चुनावमा होमिने भन्ने छलफलमै रहेको बताए ।

सन् २०१२ देखि मानव अधिकारका लागि युवा नेपालमार्फत मानव अधिकार शिक्षा र युवा परिचालनमा सक्रय केसी युवा सशक्तीकरण, नागरिक जिम्मेवारी, न्याय र जवाफदेहीताका विषयमा बहस चलाउँदै आएका छन् ।

सन् २०१४ मा बेल्जियम ब्रुसेल्समा प्रदान गरिएको मानव अधिकार नायक पुरस्कारले मानव अधिकार शिक्षामा उनको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको थियो। त्यसपछि उनले विश्वका ५० भन्दा बढी विश्वविद्यालयहरूमा नेतृत्व, शासन र सामाजिक उत्तरदायित्वका विषयमा अभिमुकरण सञ्चालन गर्दै आएका छन् ।

२०१७ मा, उनले १२० भन्दा बढी देशका युवालाई जोड्ने अन्तर्राष्ट्रिय युवा मञ्च सह-स्थापना गरे, जसले विश्वभरका युवालाई नीतिगत संवाद र प्रणालीगत परिवर्तनका लागि साझा प्लेटफर्म प्रदान गरेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖