रेड जोनमा मन्त्रीद्वय घिसिङ र गुप्ताः प्रधानमन्त्री कार्कीले मागिन् राजीनामा

काठमाडौं, २२ पुस । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलमा आवद्ध भएर गतिविधिमा संलग्न भएका मन्त्रीद्वय कुलमान घिसिङ र बब्लु गुप्ताको राजीनामा मागेकी छन् ।

प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद्मा हाल घिसिङ ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री र गुप्ता युवा तथा खेलकुदमन्त्री रहेका छन् । गैरदलीय सरकारमा रहेर मन्त्रीद्वय घिसिङ र गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राजनीतिमा संलग्न भएको भन्दै प्रधानमन्त्री कार्कीले राजीनामा मागेकी हुन् ।

हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले दलीय गतिविधिमा लागेका मन्त्रीहरुलाई राजीनामा दिएर सरकारलाई सहयोग गर्न आग्रह गरेको स्रोतको दाबी छ । सार्वजनिकरुपमा प्रश्न उठेको र सरकार गैरदलीय भएकाले परिस्थिति बुझिदिन प्रधानमन्त्री कार्कीले मन्त्रीद्वय घिसिङ र गुप्तासँग आग्रह गरेकी थिईन् ।

हाल रास्वपाको राजनीतिमा मन्त्रीद्वय घिसिङ र गुप्ता प्रत्यक्ष रुपमा संलग्न छन् । घिसिङलाई रास्वपाले उपसभापति बनाउने निर्णय गरिसकेको छ । घिसिङले पनि आफू संरक्षक रहेको उज्यालो नेपाल पार्टीलाई रास्वपामा विलय गराइसकेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।