जापानमा अध्ययनरत नेपाली विद्यार्थी मोरङका सन्देशको निधन
मोरङ । मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं. ८ घर भई हाल जापानमा अध्ययनरत नेपाली विद्यार्थी सन्देश दुलालको निधन भएको छ ।
करिब डेढ वर्षअघि अध्ययनका लागि जापान गएका सन्देशको एक वर्षअघि ब्रेन ट्युमरको शल्यक्रिया गरिएको थियो। उनी उपचार पछी स्वास्थ्य अवस्था थिए पुनः शल्यक्रिया गर्नु पर्जे भएपछि पुनः शल्यक्रियाको क्रममा उनी होसमा नआएपछि निधन भएको जापानमै रहेका रोशन दाहालले जानकारी दिएका छन्।
सन्देशको निधन पछी उनको सब व्यवस्थापन गर्न सहयोग संकलनको काम भइरहेको हुदा सहयोगी मनहरुलाइ सब व्यवस्थापन गर्नका लागी सहयेग गरिदनुहुन अनुरोध गरिएको छ ।

