मेरो उम्मेदवारीले भोजपुरको मान र सान दुवै बढ्यो :शेरधन राई
भोजपुर । भोजपुरबाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार शेरधन राईले आफ्नो उम्मेदवारीले जिल्लाको मान र सान दुवै बढाएको दाबी गरेका छन्।
उनले आफ्नो राजनीतिक यात्राले भोजपुरको पहिचान र सम्मानलाई राष्ट्रिय स्तरमा स्थापित गर्न मद्दत पुगेको बताए।
सञ्चारकर्मीसँग कुरा गर्दै राईले भोजपुरका जनताको विश्वास र समर्थन आफूले पाएको उल्लेख गर्दै विकास, सुशासन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।


