अध्यादेश र नियमावली स्वीकार गरेको भए चुनाव लड्ने थिइनँ,रिस उठ्यो र म्याग्दीतिर दगुरेँ :महाबीर पुन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्य पदका उमेदवार बनेका महावीर पुनले आफूले ल्याउन खोजेका तीन अध्यादेश र चार नियमावाली स्वीकार नगरिएको बताएका छन् ।

ती अध्यादेश र नियमावली स्वीकार गरिएको भए आफू चुनाव लडिरहेको स्थितिमा नहुने उनले उल्लेख गरेका छन् ।

“शिक्षा क्षेत्रमा आमसुधार ल्याएर देशलाई समृद्ध बनाउन नगरी नहुने र मैले ल्याउन खोजेको ३ वटा अध्यादेश र ४ वटा नियमावली राष्ट्रपति र विधान समितिले स्वीकार गरेको भए म यो चुनावमा लड्ने थिएन,” पुनले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेका छन् ।

अन्तिम घडीसम्म कोसिस गर्दा पनि केही सीप नलागेपछि अचानक आफू निर्वाचनमा होमिएको उनले बताएका छन् । “एउटा छुट्टै बलियो विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय बनाउन मुख्यसचिवले अलमल्याए । अनि त रिस उठ्यो र म्याग्दीतिर दगुरेँ,” उनले लेखेका छन् ।

आफू म्याग्दीको मुनागाउँतिर चुनाव प्रचार गर्न हिँडेको पनि उनले उल्लेख गरेका छन् । त्यसपछिका अरू पोस्टमा उनले मुनागाउँतिर जाँदै गरेको भन्दै भिडियो सेयर गरेका छन् । मंगलबार (माघ ६) उनले म्याग्दीबाट उमेदवारी दर्ता गराएका हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।