झापाको बिर्तामोडस्थित निदी स्कुलका विद्यार्थीहरूलाई लिएर शैक्षिक भ्रमणमा गएको बस पाल्पामा दुर्घटना
झापा । झापाको बिर्तामोडस्थित निदी स्कुलका विद्यार्थीहरूलाई लिएर शैक्षिक भ्रमणमा गएको बस पाल्पा नजिकैको रामपुर क्षेत्रमा दुर्घटनामा परेको छ।
दुर्घटनामा केही विद्यार्थी घाइते भएका छन्।घाइते विद्यार्थीहरूको हाल उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको छ।
बिर्तामोड झापा डट कमसँग कुरा गर्दै भ्रमणमा सहभागी एक शिक्षकले विद्यार्थीहरू खतरामुक्त रहेको जानकारी दिनुभएको हो।
दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको छ।


