कांग्रेस धनकुटाद्वारा निर्वाचनका लागि विभिन्न समिती गठन

धनकुटा । नेपाली कांग्रेस धनकुटाको पदाधकारी बैठकले आगामी फाल्गुण २१ गतेको प्रतिनिधि सभा निर्वाचन जित्नका लागि विभिन्न समितिहरु गठन गरेको छ ।

पार्टीका जिल्ला कार्य समितिका सभापती दिनेश राई धनकुटा जिल्लाबाट प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष तर्फको उम्मेदवार हुनु भएकोले चुनावी कार्यक्रमहरुमा सहभागी भई व्यस्त हुनु हुने हुँदा निर्वाचन सम्पन्न नभए सम्मका लागि उपसभापती नर्मल प्रसाद ओझालाई कार्यवाहक सभापतीको जम्मेवारी दिएकाे छ ।

यसैगरी धनकुटा जिल्लामा निर्वाचन परिचालन गर्नका लागि केन्द्रिय सदस्य अग्नी प्रसाद पौडेल संयोजक,सदस्यहरुमा पूर्व मन्त्री राष्टिय सभाका सदस्य सुनल वहादुर थापा,पूर्व सभापतीहरु मनोहर नारायण श्रेष्ठ,हरी कुमार राई,जनक सेन लिम्बु,हरी अधिकार,अञ्जना ताम्ली,अजित नारायण सिंह थापा,आनन्द सन्तोषी राई सहित ४ सय ५१ जना निर्वाचन मुल परिचालन समिनि धनकुटा गठन गरेको छ ।

नेपाली कांग्रेस धनकुटाले कार्यवहाक सभापती ओझाको संयोजकमा निर्वाचन मुल समन्वय समिति, उपसभापती सुनिल डंगोलको संयोजकत्वमा सचिवाल मुल समिति,सचिव विजय सन्तोषी राई संयोजकत्वमा चुनाव मुल प्रचार प्रसार समिति,सचिव जयन्द्र घिसिग रहनु भएको भ्रात्तृ तथा शुभेच्छुक परिचालन मुल समिति गठन गरेको छ ।

यसैगरी सहसचिव रोशन श्रेष्ठको संयोजकत्वमा बुथ एजेण्ड पहिचान तथा एजेण्ड प्रशिक्षण समिति,सहसचिव गिरिजा प्रसाद दाहालको संयोजकत्वमा जननिर्वाचित जनप्रतिनिधिहरु परिचालन मुल समिति ,सहसचिव श्रीराम रायमाझीको संयोजकत्वमा घोषणा पत्र तयारी मुल समन्वय समिति र कोषाध्यक्ष सरस्वती मगरको संयोजकमा मुल आर्थिक समिति गठन गर्ने निर्णय कांग्रेसले गरेको छ ।

यसैगरी धनकुटामा यस पटक निर्वाचन जित्नका लागि माघ ९ गते धनकुटामा चुनावी रणनिति निर्माणका लागि नेपाली कांंग्रेस जिल्ला कार्य समित धनकुटाका बृहत बैठक वस्ने निर्णय गरेको नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖