उर्लाबारी नगरपालिकाबाटै प्यान कार्ड तथा करसम्बन्धी सेवा सुरु

उर्लाबारी । उर्लाबारी नगरपालिकामा प्यान कार्ड तथा विभिन्न करसम्बन्धी सेवाहरू औपचारिक रूपमा सुचारु भएका छन्। बुधबार नगरपालिकामा आयोजित एक कार्यक्रमबिच ती सेवाहरूको शुभारम्भ गरिएको हो।

संघीय सरकारअन्तर्गत आन्तरिक राजस्व विभागबाट प्रवाह हुँदै आएका केही महत्त्वपूर्ण सेवाहरू स्थानीय तहबाटै उपलब्ध गराउन थालिएको हो। योसँगै संघीय कार्यालयबाट हुने सेवाहरूलाई क्रमशः स्थानीय तहमा हस्तान्तरण गर्ने सरकारी नीतिको कार्यान्वयन भएको छ।

स्थानीय तहबाट व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर ( पान) जारी गर्ने, अन्तःशुल्क ईजाजतपत्र उपलब्ध गराउने तथा संघीय सरकारको राजस्व संकलन गर्ने कार्य सुरु गरिएको नगरपालिकाले जनाएको छ।

यस्तै, अनलाइन प्रणालीमार्फत कर चुक्ता प्रमाणपत्र लिँदा देखिन सक्ने समस्या समाधानका लागि स्थानीय तहबाट सहजीकरण गरिने व्यवस्था पनि गरिएको छ।

उल्लेखित सेवाहरू स्थानीय तहलाई दिन सरकारले यसअघि नै ३६ वटा करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय गरिसकेको छ। यसै सन्दर्भमा करदाता सेवा कार्यालय पथरीबाट हुँदै आएका लेटाङ, पथरी शनिश्चरे, उर्लाबारी नगरपालिका तथा कानेपोखरी र मिक्लाजुङ गाउँपालिकाका सेवाहरू अब सम्बन्धित स्थानीय तहबाटै प्रदान गरिनेछ। ती स्थानीय तहहरूले आवश्यक समन्वय भने आन्तरिक राजस्व कार्यालय दमकसँग गर्नेछन्।

कार्यक्रममा बोल्दै उर्लाबारी नगरपालिकाका नगर प्रमुख खरेलले करदाताको पहुँच नजिक सेवा पुर्‍याउने र प्रविधिमैत्री बनाउने सरकारी नीतिअनुसार उर्लाबारीबाट पनि करसम्बन्धी सेवा सुरु गरिएको बताए।

सो अवसरमा नगर उपप्रमुख मिना खतिवडा पौडेल, आन्तरिक राजस्व कार्यालय दमकका प्रमुख केशव रगुवंशी, करदाता सेवा कार्यालय पथरीका प्रमुख अम्बिका सुवेदी, नगरपालिकाका प्रशासकीय अधिकृत तथा कर्मचारी, उर्लाबारी उद्योग वाणिज्य संघका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो।

करसम्बन्धी सेवा स्थानीय तहमै उपलब्ध हुन थालेसँगै उर्लाबारीका उद्योगी, व्यवसायी तथा सर्वसाधारण लाभान्वित हुने विश्वास उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष तारामान सिरिङ लिम्बूले व्यक्त गरे। उनले कर सेवा प्रभावकारी बनाउन पालिकासँग समन्वय गरी व्यवसायीहरूलाई सहजीकरण गर्ने तथा आवश्यक कार्यक्रम सञ्चालन गरिने पनि बताए।

नगरपालिकाले अब उर्लाबारीबाटै निम्न सेवाहरू प्रदान गर्ने जनाएको छः
-व्यक्तिगत स्थायी लेखा नम्बर (Personal PAN) जारी
-व्यावसायिक स्थायी लेखा नम्बर (Business PAN) जारी
-मूल्य अभिवृद्धि कर (VAT) दर्ता तथा प्रमाणपत्र उपलब्ध
-अन्तःशुल्क ईजाजतपत्र जारी तथा नविकरण
कर चुक्ता प्रमाणपत्र सम्बन्धी सेवा
-करदाताको विवरण संशोधन तथा सहजीकरण
-आयकर, भ्याट र अन्तःशुल्कसम्बन्धी करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।