झापाको बिर्तामोडमा २५ वर्षीया महिला आफ्नै घरमा मृत फेला

बिर्तामोड, झापा । झापाको बिर्तामोड नगरपालिका वडा नं. १०, मधुपोखरी टोलमा एक युवा महिला आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी छन्। स्थानीय राजकुमार घतानेकी श्रीमती २५ वर्षीया सरु दर्जी बुधबार दिउँसो मृत फेला परेकी हुन्।

पारिवारिक स्रोतका अनुसार, हिजो मिति २०८२ साल माघ ७ गते बुधबार दिउँसो करिब २ बजेको समयमा सरु आफ्नै निवासमा अचेत अवस्थामा फेला परेकी थिइन्। दुई छोरीकी आमा रहेकी सरुकी जेठी छोरी ६ वर्षकी र कान्छी छोरी मात्र ८ महिनाकी छिन्।

मृतकका पिता हर्क बहादुर दर्जीले घटनाको पुष्टि गर्दै शवलाई पोस्टमार्टमका लागि भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल लगिएको जानकारी दिनुभएको छ।

घटनाको प्रकृति र कारणबारे स्थानीय स्तरमा विभिन्न अड्कलबाजी भइरहेका छन्। जिल्ला प्रहरी कार्यालय र सम्बन्धित सुरक्षा निकायले घटनालाई गम्भीरताका साथ लिँदै अनुसन्धान सुरु गरिसकेको जनाएको छ। पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको वास्तविक कारण खुल्ने प्रहरीको भनाइ छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖