अपडेट : भोजपुरको दिङ्ला बजारमा आगलागी, आगो नियन्त्रणमा
भोजपुर। भोजपुर जिल्लाको दिङ्ला बजारमा आज अचानक आगलागी भएको छ। आगलागीका कारण बजार क्षेत्र केही समय त्रसित बनेको थियो ।
स्थानीय बासिन्दा र प्रहरीको अथक प्रयासपछि आगो नियन्त्रणमा ल्याइएको छ। समयमै गरिएको पहलका कारण आगलागी अन्य घर तथा पसलहरूमा फैलिन पाएन ।
आगलागीबाट भएको क्षतिको विवरण संकलन कार्य जारी रहेको छ भने आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आगलागी नियन्त्रणमा सहयोग गर्ने सम्पूर्ण स्थानीयवासी र सुरक्षाकर्मीको प्रयास प्रशंसनीय रहेको छ ।-खांदबारी एफएम


