धादिङ १ मा रास्वपाकी उम्मेदवार आशिका तामाङले इमेल र फोन मार्फत उम्मेदवारी फिर्ताको दिए निवेदन
धादिङ । धादिङ–१ निर्वाचन क्षेत्रमा रास्वपाकी उम्मेदवार आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता गर्ने प्रक्रिया सुरु गरेकी छन्।
उनले शुक्रबार निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गरेर फिर्ता गर्ने निर्णय व्यक्त गरेकी हुन्।
निर्वाचन अधिकृत एकराज अधिकारीका अनुसार, तामाङले फोन र इमेलमार्फत यस्तो आग्रह गर्नुभएको हो। उनका अनुसार, उनका कागजातहरू हाल जाँच भइरहेको छ।
निर्वाचन अधिकृतले भने, ‘एकैछिनमा निर्णय हुनेछ,’ जसपछि उम्मेदवारी फिर्ता हुने औपचारिक प्रक्रिया पूरा हुनेछ।


