अपडेट : भोजपुरको दिङ्लामा आगलागी,लाखौको क्षति
भोजपुर । भोजपुरको दिङ्ला बजारमा आज बिहान लागेको आगलागीमा परेर २० लाख बराबरको क्षति भएको छ ।
आगलागिबाट दुई घरमा क्षति पुगेको छ ।
काठपातले बनेको टिनको बार र टिनको छाना भएको कुमार बस्नेतको ३ तले घरमा विद्युत सर्ट भई आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।


