विराटनगर क्रिकेट लिगमा लायनको पहिलो जित

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग विराटनगरको मेर्लीवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको लिगको अन्तिम खेलमा लायन क्रिकेट एकेडेमि विजयी भएको छन् ।

शुक्रबार भएको समुह वि को अन्तिम लिग खेलमा लायनले डाइनामिक क्रिकेट एकेडमिलाई ७ विकेटले पराजित गर्दै लिगमा पहिलो जित हात पारेको छ ।

टस जितेर ब्याटिङको गरेको डाइनामिकले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २१ रनको योगफल तयार पारेको थियो ।

डाइनामिककालागि सागर मोचीले ३५ रन जोड्दा रितेश माझीले ३० रन, विवेक झाले २४ रन र रोशन कामत १२ रन जोडे । लायनका सुवास मण्डल, सन्दिप ढकाल, गौरभ कटवाल र यथार्थ बचन यादवले १–१ विकेट लिए ।

जवाफमा १ सय २२ रनको लक्ष्य पाएको लायनले १५ दशमलव ३ बलमा ३ विकेट गुमाई सो लक्ष्य पार गरेको थियो । लायनका निरज ठाकुरले ४२ रन जोड्दा सकिव हकले ३१ रन र रुद्रप्रताप साहले अविजित १२ रनको योगदान दिए । डाइनामिकका सुवास राँय र एसएस झाले १–१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच लायनका सकिव हक घोषित भए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖