नेकपा प्रवेश गरेका भनिएका ओखलढुंगाका ९ नेताले भने- हामी एमालेमै छौँ

काठमाडौं । नेकपा एमाले ओखलढुंगा जिल्ला कमिटीका पदाधिकारीसँगै नेकपामा प्रवेश गरेका भनेका कतिपय नेताले खण्डन गर्दै आफूहरूले पार्टी नछाडेको प्रष्टीकरण दिएका छन् ।

अखिल नेपाल महिला सङ्घ अध्यक्ष तथा एमाले सचिवालय सदस्य पशुपति गुरुङ, जिल्ला सदस्य चम्पा राई, जिल्ला कमिटी सदस्य डिल्लीशेर राई, छवि धमला लगायत नेताले आफूहरू नेकपामा नगएको प्रस्ट पारेका छन् ।

त्यस्तै जिल्ला कमिटी सदस्य दामोदर धमलाले विज्ञप्ति निकाल्दै आफू एमाले र सूर्य ध्वजावाहक उम्मेदवारलाई जिताउन लागिरहेको बताएका छन् ।

उनले आफ्नो बारेमा भ्रममा नपर्न समेत आग्रह गरेका छन् । अर्का जिल्ला कमिटी सदस्य झनक कार्कीले पनि आफू एमाले उम्मेदवार र सूर्य चिह्नको पक्षमा रहेको भन्दै सहमतिविपरीत नाम दुरुपयोग नगर्न आग्रह गरेका छन् ।

नेकपा प्रवेश गरेको भनिएका ३७ जनाको लिस्टमा समावेश जिल्ला कमिटी लेखा आयोग अध्यक्ष मोहन ढकाल,प्रदेशका विभाग सदस्य तथा निर्माण व्यवसायी संगठनका दिनेश श्रेष्ठ र कुमार कार्की (जालन्धर) ले पनि एमालेमै रहेको भन्दै नाम दुरुपयोग नगर्न भनेका छन् ।

नेकपा एमालेले केन्द्रीय सदस्य जेनजी पुस्ताकी युवा नेता अस्मिता थापालाई उम्मेदवार बनाएपछि ओखलढुंगाका एमाले नेता अम्बिरबाबु गुरुङ नेकपा प्रवेश गरेर उम्मेदवार बनेका छन् ।

उनीनिकट जिल्ला कमिटीका अध्यक्षसहितका पदाधिकारी शुक्रवार नेकपामा प्रवेश गरेका थिए । प्रवेशीहरुको लिस्टमा नाम नसोधी राखिएको भन्दै ९ जना नेताले असहमति जनाएका हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।